उपत्यकाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना देखिएको उनले जानकारी दिए । पछिल्लो २४ घण्टामा नेपालमा थप १८६ जनामध्ये तीन जना काठमाडौं उपत्यकाका हुन् ।

देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।