थपिए १८६ संक्रमित, कुल संक्रमितको संख्या १७ हजार ८४४ पुग्यो

थपिए १८६ संक्रमित, कुल संक्रमितको संख्या १७ हजार ८४४ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टायता नेपालमा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ४ हजार २ सय १६ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा १८६ जनामा कोरोना देखिएको हो।

यससँगै नेपालमा  कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको डाक्टर गौतमले जानकारी दिए। क्वारेन्टिनमा २२ हजार २८ जना छन् ।

कोरोना निको भएर सोमबार एक सय ७३ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार ८ सय ६८ पुगेको छ।  कोरोनाबाट नेपालमा ४० जनाको मृत्यु भइसकेको छ।