काठमाडौं । नेपालका ८ जिल्ला कोरोना मुक्त रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । हालसम्म भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका हुन् ।
नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ । आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार आज ५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले बितेको २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७४१ जनाको नमुना परीक्षण भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ