काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो।
अर्को बैठक पर्सि ६ गतेका लागि बोलाइएको छ। ‘आज तीन बजे हुने भनिएको स्थायी समिति बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित गरिएको छ’, कार्यलय सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
हिजो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । त्यसको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समर्थन गरेका थिए भने माधव नेपाल समूहले सम्भव नभएको बताएको थियो ।
आजै प्रचण्ड नेपाल समूहले यसबारे खुमलटारमा छलफल गरेको थियो । लगत्तै सोहि विषयमा छलफल गर्ने भनिएको स्थायी कमिटी बैठक स्थगित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।