विश्वमै कोरोनाले राख्यो नयाँ रेकर्ड, यी हुन् अतिप्रभावित १० देश

विश्वमै कोरोनाले राख्यो नयाँ रेकर्ड, यी हुन् अतिप्रभावित १० देश

काठमाडौं । कोरोना भाइरस महामारी सुरु भएपछि एकदिनमा पहिलो पटक साढे दुई लाखभन्दा बढी संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक दिनमा करिब २ लाख ६० हजार संक्रमित भेटिएका छन् । 

यस्तै संक्रमितको संख्याको पछिल्लो रेकर्ड एक दिन अघि मात्रै बनेको थियो । सबैभन्दा धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा पाइएका छन् । यसबाहेक कोभिड–१९ बाट एकैदिन ७ हजार ३ सय ७० व्यक्तिको मृत्यु भएको छ जुन मे महिनापछि सबैभन्दा धेरै बढोत्तरी हो । 

आइतबार बिहानसम्म तथ्याङकअनुसार विश्वमा संक्रमितको संख्या १ करो ४४ लाख २५ हजार ८६५ पुगेको छ भने ६ लाख ४ हजार ९१७ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ८६ लाख १२ हजार बढी निको भएका छन् ।
यी हुन् अतिप्रभावित १० देश :