विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख नजिक, यी हुन् अति प्रभावित १० देश

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख नजिक, यी हुन् अति प्रभावित १० देश

काठमाडाैं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड ४१ लाख ९४ हजार नाघेको छ । संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ लाख नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म पाँच लाख ९९ हजार ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ४१ हजारभन्दा बढीमा संक्रमण देखिएको हो । पाँच हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । ८४ लाख ७० हजार मानिस भने कोरोना मुक्त भैसकेका छन् । 

सबैभन्दा धेरै अमेरिकामा संक्रमितको संख्या ३७ लाख ७० हजार नाघेको छ । अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ४२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । ब्राजिलमा २० लाख ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यहाँ ७७ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ । 

नेपालमा भने १७ हजार ४४५ जनामा संक्रमण देखिएकोमा ४० जनाको निधन भैसकेको छ । ११ हजार ५३४ जना भने उपचारपछि निको भएका छन् ।

यी हुन् अति प्रभावित १० देशः