स्थायी समिति बैठकअघि ओली–प्रचण्डबीच वार्ता जारी

स्थायी समिति बैठकअघि ओली–प्रचण्डबीच वार्ता जारी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक अगाडि दुई अध्यक्षबीच भेटवार्ता भएको छ।  स्थायी समिति बैठक अगाडि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बिहान १० बजे नै बालुवाटार पुगेका थिए। अहिले दुई अध्यक्षबीच भेटवार्ता भइरहेको छ। नेकपाभित्रको जारी विवादका कारण असार १० गतेदेखि सुरु भएको स्थायी समिति बैठक पटकपटक स्थगित हुँदै आएको छ।

स्थायी कमिटी बैठकमा ओली र प्रचण्ड दुबै पक्ष आ आफ्नो रणनीतिका साथ प्रस्तुत हुने तयारीमा छन् । प्रचण्डपक्षले केन्द्रिय कमिटी बैठक बोलाएर ओलीको राजीनामा माग्ने तयारी गरेको स्रोतको दाबी छ । 

स्थायी कमिटी बैठक चार घण्टाका लागि स्थगित
नेकपाको स्थायी कमिटी बैठक केही घण्टाका लागि सरेको छ । आजै  दिउँसो ३ बजे बस्नेगरी बैठक सरेको हो । पछिल्लोपटक असार १७ यता चार पटकसम्म स्थगित भएको बैठक आज बस्न लागेको थियो ।