नेपालमा कोरोनाबाट थप एकजनाको मृत्यु, मृतकको संख्या ४० पुग्यो

नेपालमा कोरोनाबाट थप एकजनाको मृत्यु, मृतकको संख्या ४० पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । 

सप्तरी जिल्लाका ७३ वर्षीय वृद्ध बिहिबार राति १० बजे मृत्यु भएको  वीपी कोइराला स्वास्थ्य विज्ञानका प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले बताए ।  असार ३१ गते अस्पतालमा भर्ना गरिएको उनको शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो।  

अहिले शव व्यवस्थापनको लागि अस्पताल प्रशासन र शव व्यवस्थापन समितिबीच छलफल भइरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।