काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३६५ पुग्यो

काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३६५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या ३६५ पुगेको छ । काठमाडौंमा २४४ जना, ललितपुरमा ७५ जना र भक्तपुरमा ४५ जना गरी उपत्यकामा ३६५ जनामा संक्रमण देखिएको हो । 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा काठमाडौंका एक जनामा मात्रै कोरोना संक्रमण देखिएको हो ।

नेपालमा आज कोरोना संक्रमण पुष्टि भएका १६७ जनामध्ये एक जना काठमाडौंका हुन् । आज (बिहीबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

प्रवक्ता गौतमका अनुसार हाल नेपालमा संक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । आज ४ हजार ९८१ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमित निको भई घर फर्केका छन् । प्रवक्ता गौतमका अनुसार योसँगै नोपलमा कोरोना मुक्त हुनेको संख्या ११ हजार २४९ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाका कारण ३९ जनाको ज्यान गएको प्रवक्ता गौतमले बताए ।