थपिए १६७ जना संक्रमित, कुल संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो

थपिए १६७ जना संक्रमित, कुल संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टायता १६७ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विहीबारको नियमित लाइभ अपडेटमा दिएको  जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २४९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टायता  ४ हजार ९८१ जनाको कोरोना परीक्षण गरिएको थियो । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।