प्रधानमन्त्री ओलीसँग सहमति नजुटेपछि वरिष्ठ नेता नेपालले भेटे उपप्रधानमन्त्री पोखरेललाई, स्थायी कमिटी बैठक नरोक्ने सहमति

प्रधानमन्त्री ओलीसँग सहमति नजुटेपछि वरिष्ठ नेता नेपालले भेटे उपप्रधानमन्त्री पोखरेललाई, स्थायी कमिटी बैठक नरोक्ने सहमति

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको छलफलमा कुनै सहमति हुन नसकेपछि बालुवाटारबाट निस्किएका वरिष्ठ नेता माधव नेपाल पार्टी कार्यालय धुम्बाराही पुगेका छन् ।

ओली, नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा बिहीबार भएको छलफल विना निष्कर्ष टुंगिएको थियो । धुम्बाराही पार्टी कार्यालयमा नेपालले सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल गरेका छन् । छलफलमा नेपाल र पोखरेल भोलि बोलाईएको स्थायी कमिटी बैठक नरोक्नेमा सहमत भएका छन् । शीर्ष नेताबाट कुनै सहमति नजुटेपछि स्थायी कमिटी बैठकमार्फत नै पार्टीभित्रको विवाद हल गर्ने पहल गर्ने नेपाल र पोखरेलबीच समझदारी बनेको बताइन्छ । 

प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने अडान प्रचण्ड र नेपालले राखेपछि बालुवाटारमा भएको छलफल विना निष्कर्ष टुंगिएको थियो ।

ओलीले दुबै पदबाट राजिनामा नदिने जवाफ दिएका थिए । स्थायी समिति बैठकमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने माग उठेपछि विवाद समाधान गर्न दुई अध्यक्षबीच पटक पटक भएको छलफल र आज त्रिपक्षिय छलफल भएको हो ।