ओली, प्रचण्ड र नेपालबीचको वार्ता सकियो, के भयो वार्तामा ?

ओली, प्रचण्ड र नेपालबीचको वार्ता सकियो, के भयो वार्तामा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद टुंग्याउनका लागि शीर्ष नेताबिच लगातार वार्ता भए पनि निकास निश्किएको छैन ।  प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता हुँदै आएकोमा बिहीबार बालुवाटारमा दुई अध्यक्ष र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि वार्ता भएको छ ।

दुई अध्यक्षकासँगै वार्तामा बसेका नेपालले ओलीले राजीनामा नै दिनुपर्ने अडान राखेपछि आजको वार्तामा कुनै सहमति हुन सकेन । यससँगै ओली र प्रचण्ड एउटा समझदारीमा पुगेपनि नेपालको कारण नेकपाको विवाद तत्काल समाधान नहुने देखिएको छ । 

शीर्ष नेता तहमा सहमति जुटाउनका लागि समय दिने भन्दै स्थगित गरिएको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । तर अझैसम्म पनि सहमतिको संकेत देखिएको छैन ।ओली तथा प्रचण्ड–नेपाल पक्ष आ–आफ्नो अडानमा कायमै रहेकोले स्थायी कमिटी बैठकबारे थप अन्यौलता थपिएको छ । 

राजीनामा नै दिनुपरे पार्टी फुटाएर कांग्रेसको साथ लिएर प्रधानमन्त्री पद जोगाउने तयारीमा रहेका ओलीले नेपालको पछिल्लो अडानपछि आफ्नो राजनीतिक रणनीति कसरी अगाडि बढाउछन् भन्ने कुराले नेकपाको भविष्य निर्धारण गर्ने भएको छ ।