कोरोनाको कारण आज थप १ जनाको निधन, ज्यान गुमाउनेको संख्या ३९ पुग्यो

कोरोनाको कारण आज थप १ जनाको निधन, ज्यान गुमाउनेको संख्या ३९ पुग्यो

काठमाडौं । नेपालमा बुधबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार रौतहटका ३६ वर्षीय एक पुरुषको आज कोरोनाले मृत्यु भएको हो ।

नेपालभर पछिल्लो २४ घण्टायता ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कुल कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टायता ५ हजार ९० जनाको कोरोना परीक्षण गरिएको थियो ।