काठमाडौंका थप ७ जनामा कोरोना पुष्टि

काठमाडौंका थप ७ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौंमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका थप ७ जनामा कोरोना पोजिटिभ भेटिएको बताए।

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ र त्रिवि शिक्षण अस्पतताल महारागन्जमा १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

नेपालभर पछिल्लो २४ घण्टायता ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कुल कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टायता  ५ हजार ९० जनाको कोरोना परीक्षण गरिएको थियो । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ३९ पुगेको छ ।