गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

कास्की । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकीको प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ११, म्याग्दीमा ९, तनहुँमा तीन र गोरखा तथा कास्कीमा एक-एक जना छन्।

कास्कीको पोखरास्थित क्षयरोग उपचार केन्द्र तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनस्थित भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको निर्देशनालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

निर्देशनालयका अनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार २२८ पुगेको छ। ९२५ जना भने उपचारपछि निको भएका छन् ।