ओली–प्रचण्डबीच वार्ता, अयोध्या प्रकरणमा प्रचण्डले दिए यस्तो चेतावनी

ओली–प्रचण्डबीच वार्ता, अयोध्या प्रकरणमा प्रचण्डले दिए यस्तो चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज  भेटवार्ता भएको छ । ६ दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा छलफलबाटै निकास दिने कुरामा समझदारी बनेको बताइएको छ । साथै भेटमा प्रचण्डले अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे पनि चासो राखेको स्रोतको दाबी छ । 

ओलीले अयोध्या नेपालमै रहेको र रामको जन्म पनि नेपालमै भएको अभिव्यक्ति दिएपछि त्यसको भारत र नेपालमै पनि ओलीको चर्को आलोचना भएको छ । प्रचण्डले भारतलाई चिढ्याएर वार्ताको वातावरण नजिगार्न ओलीलाई चेतावनी दिएको स्रोतको दाबी छ । 

दुई अध्यक्षबीच असार २४ यता भेटवार्ता भएको थिएन । पछिल्लो भेट (बुधबार साँझको) तनावपूर्ण अन्त्य भएको थियो । आजको भेटवार्तामा दुवै अध्यक्ष छलफललाई निरन्तरता दिन राजी भएको र भोलि पनि भेट हुने जुगल सापकोटाले जानकारी दिए ।

असार १४ को अभिव्यक्तिपछि नेकपा विवाद विभाजनको जोखिमबाट गुज्रिइरहेको छ । दुई अध्यक्षबीचको संवादले फुटको जोखिम टारेको भए पनि विवाद भने ज्युँ का त्युँ रहेको बताइएको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामाको विषयले मुख्य स्थान लिएपछि नेकपा स्थायी कमिटी अवरूद्ध भएको छ । साउन २ गतेसम्म स्थगित  छ ।