काठमाडौं उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमति थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । जसमा काठमाडौंका ३, ललितपुरका ५ र भक्तपुरका १ जना रहेका छन् ।

योसँगै नेपालमा सोमबार १४४ जना कोरोना संक्रमित थपिएका छन्।  हालसम्म नेपालमा कुल संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार २९४ पुगेको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।