कोरोनाबाट विश्वमा पाँच लाख ७२ हजार भन्दा बढीको मृत्यु, यी हुन् अतिप्रभावित १० देश

कोरोनाबाट विश्वमा पाँच लाख ७२ हजार भन्दा बढीको मृत्यु, यी हुन् अतिप्रभावित १० देश

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७२ हजार २१२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३० लाख ६२ हजार १४७ जना संक्रमित भएका छन्

नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७६ लाख १० हजार ४१७ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४८ लाख ८२ हजार १४१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६५२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख १३ हजार ९९५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ३७ हजार ७८७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २८ लाख ९४ हजार ६११ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५ हजार २०९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख  ७१४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८६ हजार ९० जनाको मृत्यु भएको छ । 

युरोपमा २५ लाख ७१ हजार ६९८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५८१ को मृत्यु भएको छ । एसिया २९ लाख ६४ हजार ६९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७० हजार ३७८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ५ लाख ९८ हजार २५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार २८६ जनाको मृत्यु भएको छ ।  ओसियानामा ११ हजार ६४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३० जनाको मृत्यु भएको छ ।

यी हुन् अतिप्रभावित १० देश