थपिए १४४ जना संक्रमित, १ हजार ७०५ जना डिस्चार्ज

थपिए १४४ जना संक्रमित, १ हजार ७०५ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टायता १४४ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित लाइभ अपडेटमा दिएको  जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार २९४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टायता ५ हजार ६ सय जनाको कोरोना परीक्षण गरिएको थियो । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।