प्रचण्डलाई आइसोलेसनमा राखेर कोरोना परीक्षण गरिने

प्रचण्डलाई आइसोलेसनमा राखेर कोरोना परीक्षण गरिने

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना परीक्षण गरिने भएको छ । शुक्रवार निर्वाचन क्षेत्र चितवन पुगेका प्रचण्ड काठमाडौं फर्किदैछन् । काठमाडौं फर्केलगतै उनको कोरोना परीक्षण गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

अध्यक्ष प्रचण्डले चितवनमा धेरै मानिसहरुसँग भेटघाट गरेका थिए । चितवनमा कोरोना भाइरसको महामारी फैलिएको छ । महामारी फैलिएको क्षेत्रबाट फर्केका कारण उनको स्वास्थय परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अबस्था कमजोर रहेको र देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि नियमित भेटघाट गर्नूपर्ने भएका कारण उनको स्वास्थ्य परीक्षण गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

राजधानी काठमाडौं फर्केलगतै प्रचण्डले प्रधानमन्त्री ओली, राष्टपति, आफ्नै दलका नेताहरुसँग नियमित भेटघाट गर्नेछन् ।

उनको सक्रिय राजनीतिका क्रममा राज्यको प्रमुखहरुसँग भेटघाट हुने गर्दछ । उनीमाथी कोरोनाको संक्रमण देखिए राज्यका माथिल्लो तहमा सर्ने आशंकाले स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

प्रचण्डले केही समयअघि कोरोनाको पीसिआर परीक्षण गरेका थिए । तर चितवनमा सजगता अपनाउँदा अपनाउँदै पनि संक्रमित हुनसक्ने आशंकामा परीक्षण गर्न लागिएको हो ।