कोरोनाले बनायो नयाँ रेकर्ड, एकै दिन थपिए २ लाख ३० हजार संक्रमित

कोरोनाले बनायो नयाँ रेकर्ड, एकै दिन थपिए २ लाख ३० हजार संक्रमित

काठमाडौं । विश्वमा एकै दिन २ लाख ३० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विगत २४ घण्टामा २ लाख ३० हजार ३ सय ७० संक्रमित थपिएका छन् । एकै दिन धेरै संक्रमित थपिने रेकर्ड सोमबार बनेको हो। 

योसँगै विश्वमा संक्रमितको संख्या १ करोड ३० लाख ३५ हजार ९ सय ४२ पुगेको छ भने ५ लाख ७१ हजार ५ सय ७१ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै अमेरिका र ब्राजिलमा थपिएका छन्। 

दक्षिणपूर्वी एसियामा ३३ हजार १ सय ७३ र भारतमा २८ हजार ६ सय ३७ नयाँ संक्रमित थपिएका छन्। भारतमा २४ घण्टामा ५ सय ५१ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा थप ८ हजार १ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ। 

यी हुन् अति प्रभावित १० देश