कोरोनाबाट विश्वभर ५ लाख ६७ हजारभन्दा बढीको मृत्यु, यी हुन् अति प्रभावित १० देश

कोरोनाबाट विश्वभर ५ लाख ६७ हजारभन्दा बढीको मृत्यु, यी हुन् अति प्रभावित १० देश

काठमाडौं । विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १ करोड २८ लाख ४७ हजार नाघेको छ। त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५ लाख ६७ हजार ७ सय नाघेको छ। पछिल्लो तथ्याङ्क अनुसार ७४ लाख ८३ हजार मानिस उपचारपछि निको भएका छन् । 

सबभन्दा धेरै सङ्क्रमित भएको अमेरिकाकामा सङ्क्रमितको सङ्ख्या ३३ लाख ५५ हजार ६४६ पुगेको छ। त्यस्तै  ब्राजिलमा १८ लाख ४० हजार ८१२, भारतमा ८ लाख  ४५ हजार ३५८ र रुसमा ७ लाख २० हजार ५४७ जनामा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क रहेको छ। 

साथै अमेरिकामा १ लाख ३७ हजार ४०३, ब्राजिलमा ७१ हजार ४ सय ९२, बेलायतमा ४४ हजार ७९८, इटालीमा ३४ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ।
यी हुन् अति प्रभावित १० देश