गण्डकी प्रदेशमा थपिए १५ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए १५ जना कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा १५ जना कोरोना  संक्रमित थपिएका छन् । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणबाट आइतबार  १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार तनहुँमा ६ जना, पर्वत, बागलुङ र लमजुङमा दुई-दुईजना, नवलपुर (बर्दघाट सुस्तापूर्व), स्याङ्जा र गोरखाका एकरएकजनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार थपिएका १५ जनासहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११९२ जना पुगेको छ । जसमध्ये ७३६ जना भने डिस्चार्ज भइसकेका छन् । संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आईसोलेशन कक्षमा लैजाने तयारी भैरहेको छ ।