कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित ?

कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टायता मात्र ७० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ।

२५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७० जना संक्रमित भेटिएका हुन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका २, सिरहाका १, सुनसरी र उदयपुरका ४-४ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ३, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा धादिङका २, काठमाडौंका ३, नुवाकोटका १, सर्लाहीका ३ र सिन्धुपाल्चोकका ५ जनामा कोरोना पुष्टि भएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका १, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा सिन्धुली र रौतहटका १-१, पाटन अस्पताल ललितपुरमा धादिङ, पर्वत र स्याङ्जाका १-१ जनामा कोरोना भेटिएको छ। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका ३, तनहुँका ४, स्याङ्जाका ३ र म्याग्दीका २, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। भेरी अस्पताल नेपालगञ्जमा बाँके, बर्दिया र दाङका २-२, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ३, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा रुकुम पश्चिमका १, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा सुर्खेतका ३ र सल्यानका १ जनामा कोरोना भेटिएको छ। 

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जुम्लाका २, सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका १ र कञ्चनपुरका ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।  कोरोनाको आशंकामा गत २४ घण्टामा ३ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ।