पछिल्लो २४ घण्टायता ७० जना संक्रमित थपिए, थप ३ जनाको निधन

पछिल्लो २४ घण्टायता ७० जना संक्रमित थपिए, थप ३ जनाको निधन

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर घट्न थालेको छ । हिजो ११८ जनामा मात्र कोरोना संक्रमण देखिएकोमा (आज) पछिल्लो २४ घण्टायता ७० जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित लाइभ अपडेटमा दिएको  जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४३१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ४४२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टायता ३ हजार ६४८ जनाको कोरोना परीक्षण गरिएको थियो । कोरोनाका कारण थप ३ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।