यी हुन् कोरोना संक्रमणमुक्त नेपालका ६ जिल्ला

यी हुन् कोरोना संक्रमणमुक्त नेपालका ६ जिल्ला

काठमाडौं । नेपालका ६ वटा जिल्लामा कोरोना संक्रमणमुक्त भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ, हुम्ला र मनाङमा एक जना पनि सक्रिय संक्रमित छैनन्। यी जिल्लामा यसअघि सङ्क्रमित भेटिए पनि संक्रमण पुष्टि भएका सबै निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

६ जिल्ला कोरोनामुक्त भएसँगै ७१ जिल्लामा कोरोना संक्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । शुक्रबार पीसीआर विधिबाट चार हजार आठ सय ६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म दुई लाख ७५ हजार नौ सय ५१ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । 

शुक्रबार एक सय २० जना गरी आजसम्म आठ हजार ११ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।