काठमाडौं उपत्यकाका ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकाका ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनालाई कोरोना पुष्टि भएको छ । 

आज देशभर ११८ जना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता गौतमले अनुसार सक्रिय संक्रमितको संख्या भने ८ हजार ६०३ रहेको छ । 

पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ११ पुगेको छ ।  कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।