नेपालमा कोरोनाको प्रभाव घट्यो, पछिल्लो २४ घण्टायता  जम्मा ११८ जना संक्रमित थपिए

नेपालमा कोरोनाको प्रभाव घट्यो, पछिल्लो २४ घण्टायता  जम्मा ११८ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर घट्न थालेको छ । हिजो १०८ जनामा मात्र कोरोना संक्रमण देखिएकोमा (आज) पछिल्लो २४ घण्टायता ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा दिएको  जानकारी अनुसार सक्रिय संक्रमितको संख्या भने ८ हजार ६०३ जना रहेका छन् । 

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ११ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टायता २५ ओटा  प्रयोगशालामा ४ हजार ८०६ जनाको कोरोना परीक्षण गरिएको थियो । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।