विश्वभर कोरोनाबाट  ज्यान गुमाउनेको संख्या ५ लाख ५७ हजार नाघ्यो, यी हुन् अतिप्रभावित १० देश

विश्वभर कोरोनाबाट  ज्यान गुमाउनेको संख्या ५ लाख ५७ हजार नाघ्यो, यी हुन् अतिप्रभावित १० देश

काठमाडाैं । विश्वभर कोरोना संक्रमितको कुल संख्या एक करोड २४ लाख ४ हजार ६ सय ११ पुगेको छ । यसमध्ये ७२ लाख  ३५ हजार ४ सय ३५ जना निको भएका छन् । यो समाचार तयार पार्दासम्म पाँच लाख ५७ हजार ७ सय ४३ जनाले भने कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमाउन पुगेका छन् । 

सबैभन्दा बढी संक्रमित अमेरिकामा हुन पुगेका छन् । जहाँ ३२ लाख २० हजार ५ सय जना कोरोनाबाट अहिलेसम्म संक्रमित हुन पुगेका छन् । तीमध्ये एक लाख ३५हजार आठ सय २८ जनाको निधन हुन पुगेको छ । 

दोस्रो बढी संक्रमित हुने देशमा ब्राजिल रहेको छ । यहाँ १७ लाख ५९ हजार एक सय तीनजना कोरोनाको चपेटामा आएका छन् । ब्राजिलमा अहिलेसम्म कोरोना भाइरस संक्रमणकै कारण ६९ हजार दुई सय ५४ जनाको निधन भएको छ । 

तेस्रो बढी संक्रमित हुने देशमा दक्षिणी छिमेकी देश भारत रहेको छ । भारतमा अहिलेसम्म सात लाख ९५ हजार ६ सय पाँचजना कोरोनाबाट संक्रमित हुन पुगेका छन् । यीमध्ये २१ हजार ६ सय ३२ जनाको निधन भएको छ । 

रुस कोरोना बढी संक्रमित हुने देशहरूको सूचीमा चौथो नम्बरमा छ । यहाँ अहिलेसम्म सात लाख १३ हजार ९ सय ३६ जना कोरोनाबाट संक्रमित भएका छन् । त्यसमध्ये ११ हजार १७ जनाको निधन भएको छ । 

पाँचौँ बढी कोरोना संक्रमित हुने देशमा पेरू रहेको छ । पेरूमा अहिलेसम्म तीन लाख १६ हजार चार सय ४८ जना यस भाइरसको संक्रमणमा आएका छन् । त्यसमध्ये ११ हजार तीन सय १४ जनाको निधन भएको छ । 
यी हुन् अतिप्रभावित १० देश