तपाईंकाे आजकाे दिन कस्ताेे छ ? (हेर्नुस् राशिफल)

तपाईंकाे आजकाे दिन कस्ताेे छ ? (हेर्नुस् राशिफल)

मेष राशि
बौद्धिक कार्यमा मन जानेछ । आर्थिक पक्ष सबल रहनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । पारिवारिक सुख मिल्नेछ ।


वृष राशिः
पराक्रम बढ्नेछ । कार्य व्यवसायमा वृद्धि हुनुका साथै आकस्मिक लाभका योग देखिन्छन् । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् ।


मिथुन राशिः
यात्राका योग देखिन्छन् । व्यवसायमा सफलता मिल्नुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ । कर्मक्षेत्र सबल रहनेछ ।


कर्कट राशिः
शत्रु पक्ष सबल रहनेछन् । आर्थिक अस्थिरताका साथै कार्यक्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छन् । विद्याको क्षेत्र मध्यम रहने देखिन्छ ।


सिंह राशिः
व्यवसायिक सफलता मिल्नेछ, आय आर्जमा वृद्धि हुनुका साथै कार्य लाभका योग देखिन्छन् । सवास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ ।


कन्या राशिः
पारिवारिक सुख मिल्नेछ । जलीय पदार्थ लाभदायी रहनुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ ।


तुला राशिः
प्राज्ञिक कार्यमा संलग्नता रहनेछ । धार्मिक क्षेत्रमा रुचि जाग्नुकासाथै सुखद् यात्राका योग पनि देखिन्छन् । भौतक वस्तु लाभदायी रहनेछ ।


वृश्चिक राशिः
कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा प्रतिकूलताका साथै खर्चवृद्धिको सामना गर्नुपर्ने आजको राशिफल रहेको छ ।


धनु राशिः
सांगीतिक क्षेत्रमा रुचि रहनेछ । आय आर्जनमा वृद्धि हुनुका साथै व्यवसाय पनि सफलता रहने देखिन्छ ।


मकर राशिः
कार्यमा वृद्धि हुनेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै राजनीतिक क्षेत्र पनि सफल रहनेछ । प्रेम जीवन पनि सुखद् रहने आजको राशिफल रहेको छ ।


कुम्भ राशिः
भौतिक वस्तु लाभदायी रहनेछन् । आय आर्जनमा उन्नतिका साथै व्यवसायमा सफलता मिल्नेछ । पारिवारिक सुख प्राप्तिका योग पनि देखिन्छन् ।


मीन राशिः
शारीरिक आलश्यता रहनेछ । चन्द्रमाको प्रतिकूलताले गर्दा खर्च बढाउनुका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ ।