काठमाडौंमा संक्रमितको संख्या १९६ पुग्यो, कहाँ-कहाँ देखिए संक्रमित ?

काठमाडौंमा संक्रमितको संख्या १९६ पुग्यो, कहाँ-कहाँ देखिए संक्रमित ?

काठमाडाैं । पछिल्लो २४ घण्टायता काठमाडौंका ५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनकारी दिए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलामा गरिएको परीक्षणमा १ जनामा, सुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल प्रयोगशालामा १ जनामा, वीर अस्पतलको प्रयोगशालमा पनि १ जनामा र शिक्षण अस्पतालको प्रयोगशालामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहिबार सम्म काठमाडौंमा संक्रमितको संख्या १९६ पुगेको छ । संक्रमितममध्ये काठमाडौंका ३५ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो तीन दिनमा काठमाडौंको कपुराधारा, कपन, चन्द्रागिरि, मैतीदेवी, मरुहिटी, कीर्तिपुर, पुरानो बानेश्वर, शंखमूल, चाबहिल, बालुवाटार, धुम्बाराही, महाराजगन्ज, तारकेश्वर, सीतापाइला, मनमैजु, नैकाप, गल्फुटार, कलंकी, धापासी, गोकर्ण, बसुन्धारा, बाफल, रानीवन, हाँडीगाउँ, कोटेश्वर, ट्याङ्लाफाँट, तीनकुने, खुसिबु, कागेश्वरी, टोखा, मूलपानी, काँडाघारी, साँखु, बौद्ध, बागबजार, वनस्थली, ताहाचल, सामाखुसी, टेकु र कुलेश्वरमा संक्रमित भेटिएका छन् ।

आज देशभर १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १६ हजार ५३१ पुगेको छ । डिस्चार्ज हुनेको संख्या ७ हजार ८९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।