थपिए १०८ जना कोरोना संक्रमित, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

थपिए १०८ जना कोरोना संक्रमित, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टायता १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १३९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ८९१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टायता ४ हजार ५८८ जनाको कोरोना परीक्षण गरिएको थियो । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।