प्रचण्डलाई भेटेर चिनियाँ राजदूत याङ्छीले भनिन् -'चीनले नेपालमा स्थिरता देख्न चाहेको छ'

प्रचण्डलाई भेटेर चिनियाँ राजदूत याङ्छीले भनिन् -'चीनले नेपालमा स्थिरता देख्न चाहेको छ'

काठमाडौं । नेकपाभित्रको विवाद चर्किदै जाँदा चिनियाँ राजदूत होउ याङ्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तिब्र बनाएकी छिन् । यसअघि नेकपाका वरिष्ट नेताद्धय माधव नेपाल र झलनाथ खनालाई भेटिसकेकी उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पनि भेटवार्ता गरेकी छन् ।

बिहीवार बिहान खुमलटार पुगेर राजदूत याङ्छीले प्रचण्डलाई भेटेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार भेटमा याङ्छीले पार्टी एकतालाई मजबुत बनाउने गरी मिलेर जान सुझाव दिएकी थिइन् । चीनले नेपालमा स्थिरता, स्थायित्व र समृद्धि देख्न चाहेको उनको भनाइ थियो ।

सत्तारुढ दल नेकपाभित्रको विवाद पेचिलो बन्दै गएका बेला चिनियाँ राजदूतको सक्रियतालाई लिएर विभिन्न कोणबाट टिकाटिप्पणि भइरहेको छ । नेकपा नेताहरु भने छिमेकी देशका राजदूतहरुको भेटघाट र सुभेक्षालाई स्वभाविक रुपमा लिनुपर्ने बताउँदै आएका छन् ।