नेकपा प्रवक्ता श्रेष्ठले भारतीय सञ्‍चारमाध्यमलाई भने-'बकवास बन्द गर'

नेकपा प्रवक्ता श्रेष्ठले भारतीय सञ्‍चारमाध्यमलाई भने-'बकवास बन्द गर'

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भौगोलिक अखण्डता रक्षाका निम्ति देश एकढिक्का भएको दाबी गरेका छन् । कुनै पनि विदेशी शक्तिले यसमा खेलेर विभाजन ल्याउन नसक्ने उनको भनाइ छ । 

भारतीय सञ्‍चारमाध्यमले नेपालबारे अनर्गल प्रचार सुरु गरेपछि प्रवक्ता श्रेष्ठले आपत्ति जनाएका छन्। 'भारतीय सञ्‍चार माध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर,' उनले भनेका छन् ।

'हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति हामी एक ढिक्को छौं । विदेशीको फुटाऊ र स्वार्थ पूरा गर नीति सफल हुन दिनेछैनौं ।' उनले  भनेका छन् ।