आईसीयूमै बिरामीलाई यौन दुर्व्यवहार, ३ जना स्वास्थ्यकर्मी पक्राउ

आईसीयूमै बिरामीलाई यौन दुर्व्यवहार, ३ जना स्वास्थ्यकर्मी पक्राउ

वीरगञ्ज । आईसीयूमा उपचार गराइरहेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपममा तीन जना  स्वास्थ्यकर्मी पक्राउ परेका छन्र । यौन दुर्व्यवहारको आरोपममा वीरगञ्जको बिर्तास्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हस्पिटलमा कार्यरत एहसान हुसैन, कृष्ण दास र सरफुदीन मियाँलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । स्वास्थ्यकर्मीले लुगा फेर्ने बहानामा आफूलाई दुर्व्यवहार गरेको युवतीले आरोप लगाएकी छन् । आईसीयूमै उपचारका क्रममा मंगलबार राति स्वास्थ्यकर्मीले दुर्व्यवहार गरेको उनको भनाइ छ ।

बुधबार बिहान भेट्न आएका आफन्तलाई युवतीले तुरुन्तै अस्पतालबाट घर लैजान अनुरोध गरेकी थिइन् ।

पछि आमा भेट्न जाँदा उनले घटनाबारे जानकारी गराएपछि बुधबार बिहानै आफन्तले दोषीलाई पक्राउ गरी कारबाहीको लागि प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।