ओली-प्रचण्डबीचको वार्ता सकियो, भयो यस्तो सहमति

ओली-प्रचण्डबीचको वार्ता सकियो, भयो यस्तो सहमति

काठमाडौं ।  पार्टीको आन्तरिक विवाद हल गर्न नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार झण्डै २ घण्टा वार्ता भएको छ । वार्तामा दुई अध्यक्षबीच केही महत्वपूर्ण विषयमा सहमति जुटेको छ । 

बालुवाटार स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले तत्काल कुनै एक पदबाट राजीनामा दिएर दुबै पक्षको हार नहुनगरी पार्टी विवाद मिलाउन ओली र प्रचण्ड सहमत भएका छन् । वार्तामा प्रचण्डले नै तत्काल पार्टी अध्यक्षबाट राजीनामा दिएर सरकारको काममा केन्द्रीत हुन र निश्चित अवधिपछि सरकारबाट राजीनामा दिने सहमति गर्न आग्रह गरेको स्रोतले बतायो । यो विषयमा ओली सहमत भएको बुझिएको छ । 

प्रचण्डले आज प्रस्तुत गरेको नयाँ विषयमा दुबै अध्यक्षले आफूनिकट नेताहरुसँग परामर्श गरेर भोलि सहमति गर्नेमा पनि अध्यक्षद्धय सहमत देखएका छन् ।  विवाद समाधानकै लागि स्थायी समिति बैठक असार २६ गतेसम्मको लागि सारिएकोले भोलि दिनभरमा ठोस सहमतिमा पुग्ने र अध्यक्षद्धयबीच भएका सहमति स्थायी समितिबाटै पारित गर्नेमा पनि ओली प्रचण्ड सहमत देखिएको स्रोतको दाबी छ ।