यी हुन् कोरोनामुक्त भएका नेपालका पाँच जिल्ला

यी हुन् कोरोनामुक्त भएका नेपालका पाँच जिल्ला

काठमाडौं । नेपालका पाँच जिल्ला कोरोना मुक्त भएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालका पाँच जिल्ला कोरोना मुक्त भएको बताए।

बिहीबार सुदूरपश्चिम प्रदेशको दार्चुला २० संक्रमित नै निको भएर डिस्चार्ज भएपछि नेपालका पाँच जिल्ला कोरोनामुक्त भएका हुन्।

प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्ला कोरोना संक्रमण मुक्त भएको प्रवक्ता गौतमले जानकारी दिए।