बालुवाटारमा ओली-प्रचण्डबीच वार्ता सुरू, होला त सहमति ?

बालुवाटारमा ओली-प्रचण्डबीच वार्ता सुरू, होला त सहमति ?

काठमाडौं । पार्टीमा जारी विवाद हल गर्नको निम्ती प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपाभित्र जारी विवाद समाधानको लागि प्रयास भइरहेको छ।

यसअघि हिजो भएको दुई अध्यक्षको भेटमा छलफल जारी राख्ने र स्थायी समिति बैठक सुरू गर्ने भनिएको थियो। तर अझै सहमति हुन नसकेको भन्दै आज बस्ने भनिएको स्थायी समिति बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ।

दुई अध्यक्षबीच बिहान टेलिफोनमार्फत् कुराकानी भएपछि बैठक स्थगित भएको हो। दुई अध्यक्षबीच सहमति नभएसम्म स्थायी समिति बैठक स्थगित गर्न दुवै पक्षका नेताहरूले दवनव दिएका छन्।

प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन्। प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन्।