काठमाडौं उपत्यकामा थपिए १७ संक्रमित, कुन ठाउँका हुन् २६६ संक्रमित ?

काठमाडौं उपत्यकामा थपिए १७ संक्रमित, कुन ठाउँका हुन् २६६ संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७ जना कोरोना भाइरस संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौं र ललितपुरमा गरि  १७ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन्।

पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना, ललितपुरका ७ जनामा कोरोना संक्रमण भेटिएको हो।

यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २ सय ६६ पुगेको छ। उपत्यकामा २१ गते ३० जना, २२ गते ५४ जना र २३ गते २८ जना नयाँ संक्रमित फेला परेका थिए ।

काठमाडौंको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्बाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।

यस्तै ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैंसेपाटी, गोदाबरी र ठेचोंमा सङ्क्रमण भेटिएको उनले बताए।

नेपालमा बुधबार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ  ।