काठमाडौं । सत्तारुढ दल नेकपामा संकट गहिरिँदै गएको समयमा चीनका राजदूत होउ यान्छीले मतान्तर देखिएका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन् । चिनियाँ राजदूतले बिहीबार नेकपा अध्यक्षका वरिष्ट नेता माधव नेपाललाई भेटेकी थिइन् ।
आज राजदूत यान्छीले नेकपाका नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेकी छन् । भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेकी थिइन् ।
तत्कालीन एमाले र माओवादीलाई मिलाउन चिनियाँको भूमिका र सद्भाव रहेको चर्चा भइरहेका बेला अहिले दलको विवादमा पनि चीन सक्रियलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।