कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित ?

कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित ?

काठमाडौं ।  पछिल्लो २४ घण्टामा १ सय ८० संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगैनेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । 

२५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८० जना नयाँ संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापा, सिरहा र सुनसरीका १र१ जनामा कोरोना पुष्टि भएको छ। कोशी अस्पताल विराटनगरमा झापाका २, सिरहा र खोटाङका १-१ जनामा कोरोना भेटिएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ६ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नुवाकोटका १ र सर्लाहीका ६, भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १, किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा नवलपरासीका १ र रौतहटका ३ जनामा कोरोना पुष्टि भएको छ। गत २४ घण्टामा धुलिखेल अस्पताल प्रयोगशालामा काभ्रेका ३, नवलपरासीका १, ओखलढुंगाका ३ र सिन्धुपाल्चोकका १ जनामा कोरोना पुष्टि भएको छ। 

पाटन अस्पताल ललितपुरमा बाराका १, भक्तपुरका १०, चितवनका ३, दाङका २, धादिङका १, दोलखाका २, गोरखाका २, झापा र कास्कीका १र१, काठमाडौंका २३, काभ्रेका १, खोटाङका २, ललितपुरमा २०, मकवानपुरका ५, नवलपरासी पूर्वका १, रौतहटका ३, संखुवासभाका १, सप्तरी, सिन्धुपाल्चोक र सिन्धुलीका २र२, सिरहा, सुनसरी, ताप्लेजुङ र अर्घाखाँचीका १र१ जनामा कोरोना भेटिएको छ। 

यस्तै, त्रिवि शिक्षण अस्पतालमा काठमाडौं र उदयपुरमा १-१, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला क्षयरोग केन्द्र पोखरामा बागलुङका ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ७, लमजुङका ११ र गोरखाका ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा नलवपरासीका ३, पाल्पा र प्युठानका ४र४ जना, चौरजहारी नगरपालिका प्रयोगशालामा जाजरकोटका १ जनामा कोरोना भेटिएको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डडेल्धुराका ५ र जुम्लाका १, सेती प्रादेशिक अस्पताल धनगढीमा कैलालीका ८ जनामा कोरोना भेटिएको प्रवक्ता डा गौतमले बताए। 

आज २६४ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना जित्ने संक्रमितको संख्या ६ हजार८११ पुगेको छ । हालसम्म ३५ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।