थपिए १८० जना संक्रमित, नेपालमा कुल संक्रमितको संख्या १६ हजार नजिक

थपिए १८० जना संक्रमित, नेपालमा कुल संक्रमितको संख्या १६ हजार नजिक

काठमाडौं । पछिल्लो २४ घण्टायता नेपालमा थप १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ जना पुगेको छ।  

आज २६४ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना जित्ने संक्रमितको संख्या ६ हजार८११ पुगेको छ । हालसम्म ३५ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।