ओली-प्रचण्ड छलफल सकियो, के भयो सहमति ?

ओली-प्रचण्ड छलफल सकियो, के भयो सहमति ?

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । दुई अध्यक्षमात्र वार्तामा बसेर आज विषयकेन्द्रित छलफल गरेका थिए ।

यसअघिका छलफलहरु विरोध र असन्तुष्टि व्याक्त गर्नमै सिमित भएपनि  आजको बैठकमा भने दुई अध्यक्षबीच  विषयकेन्दित छलफल भएको स्रोतको दाबी छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको डेढ घण्टा लामो छलफलमा विषयकेन्द्रित कुराकानी भएको र जुन सकारात्मक भएको बताइएको छ । 

 छलफलको क्रममा दुई नेताबीच आवश्यक परेमा पार्टीका वरिष्ठ नेताहरुलाई पनि छलफलमा राख्ने विषयमा सहमति भएको छ । अर्को बैठक भोलि फेरि बस्ने गरी टुंगिएको छ। 

पार्टीभित्रको विवादको कारणले असार १० गतेबाट सुरु भएको स्थायी कमिटीको बैठक पटक पटक स्थगित हुदै आएको छ। आजका लागि बोलाइएको बैठक फेरि २४ गते बस्ने गरी स्थगित भइसकेको छ।