काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ मन्त्री र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीले समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरुलाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्रीको बोलावटपछि अहिले मन्त्री र राज्यमन्त्रीहरु बालुवाटार पुगिसकेका छन् । यसअघि प्रधानमन्त्री ओलीले आजै साँझ शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए । राष्ट्रपतिलाई भेटे लगत्तै बालुवाटार पुगेका प्रधानमन्त्री मन्त्रीहरुसँग छलफलमा जुटिसकेका छन् ।
मन्त्रीहरुलाई बालुवाटार बोलाउनु र राष्ट्रपतिलाई पनि भेट्नुले ओली कुनै महत्वपूर्ण निर्णयको तयारी गरेको अनुमान गरिएको छ ।