कोरोना संक्रमणबाट काठमाडौंमा एक जनाको ज्यान गयो

कोरोना संक्रमणबाट काठमाडौंमा एक जनाको ज्यान गयो

काठमाडौं । नेपालमा कोरोना भाइरस थप आक्रमक भएको छ । शुक्रबार अहिलेसम्मकै धेरै ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  संक्रमणका कारण काठमाडौंको बानेश्वरका एक वृद्धको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।