ओली–प्रचण्डबीचको छलफल सकियो, के भयो सहमति ?

ओली–प्रचण्डबीचको छलफल सकियो, के भयो सहमति ?

काठमाडौं । पार्टीभित्रको बिबाद समाधानको लागि भन्दै वार्तामा बसेका  नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच छलफल सकिएको छ । अध्यक्षद्धयबीच ३ घण्टा लामो वार्ता भएपनि कुनै ठोस निष्कर्ष भने निस्किएन । दुई अध्यक्षबीच भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको बताइन्छ ।

छलफलको क्रममा प्रचण्डले पार्टी फुटाउने तयारीमा लागेको आफ्नो बुझाइ रहेको बताएका थिए । ओलीले भने अनावश्यक रुपमा पेल्ने काम भएको भन्दै प्रतिरक्षा गरेको बताएका थिए । छलफलको अन्त्यमा असहमतिलाई वार्तामार्फत सुल्याएर पार्टी एकतालाई थप मजभुत बनाउनेमा अध्यक्षद्धय सहमत भएका छन् । 

यद्दपी ओलीले सरकार र पार्टी दुबै पदबाट राजीनामा दिन भने तयार भएका छैनन् । प्रचण्डले भने दुबै पक्षको जित हुनेगरी कुनै एउटा पद छोड्न आग्रह गरेको स्रोतको दाबी छ । भोलि विस्तृतमा छलफल गरेर एउटा टुङ्गोमा पुग्ने दुई अध्यक्षबीच सहमति भएको छ । 

छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका रुपमा बसेका थिए । नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ । त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् ।