रोकियो नेकपाको स्थायी कमिटी बैठक

रोकियो नेकपाको स्थायी कमिटी बैठक

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको उपस्थितिबिनै बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बैठक रोकिएको छ। बैठक जारी रहेका बेला मन्त्रिपरिषदले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको निर्णय सार्वजनिक भएपछि बैठकमा खैलाबैला भएको थियो।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीसँग कुरा गनुपर्ने नै भयो भनेपछि बैठक स्थगित भएको छ । दुई अध्यक्षको छलफलका लागि बैठक केहीबेरका लागि रोकिएको बालुवाटार स्रोतले बतायो । 

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामाको माग चर्कोसँग उठेपछि नेकपा चरम विवादमा फसेको छ । यसबीचमा ओलीले पार्टी फुटाउने मनासायले संसद अधिबेशनको अन्त्य गरेको चर्चा छ ।