खुमलटार पुगेर ओली पक्षधर नेताहरुले प्रचण्डलाई दिए यस्तो चेतावनी

खुमलटार पुगेर ओली पक्षधर नेताहरुले प्रचण्डलाई दिए यस्तो चेतावनी

काठमाडौं । सत्तारुढ दल नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ । जारी स्थायी कमिटी बैठकमा पार्टी तथा सरकार सञ्चालनमा एक्लौटी ढंगमा अघि बढेको भन्दै स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग गरेपछि दुवै पक्षले छलफललाई तीव्रता दिएका छन् ।

हिजो प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटी र आफू निकटका नेताहरुसँग विवाद समाधानबारे छलफल गरेका थिए । हिजै ओली इत्तरका शीर्ष नेताहरु झम्सीखेलमा भेला भएर ओलीको राजीनामाको प्रक्रियाबारे छलफल गरेका थिए । हिजोको भेलाको निर्णयबमोजिम आज पार्टीका कार्यकारी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले ओलीनिकट नेताहरुसँग भेटवार्ता गरेका छन् । 

आज बिहानै प्रचण्ड निवास खुमलटार पुगेका ओली पक्षधर नेतासँग प्रचण्डले झण्डै २ घण्टा छलफल गरेका थिए ।छलफलका क्रममा पार्टी एकतालाई असर नपर्नेअरी विवाद मिलाउन नेताहरुले सुझाव दिएका थिए । 

सहभागि नेताहरुले पदको लागि पार्टी एकतालाई धरापमा पर्ने छुट कसैलाई पनि नभएको भन्दै ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा गराउने विषय पार्टी एकताको मर्मविपरित रहेको भन्दै यष विषयमा विचार गर्न प्रचण्डलाई चेतावनी दिएको स्रोतको दाबी छ । 

छलफलमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल र शंकर पोखरेललगायत ओली पक्षका नेता सहभागी थिए । यता प्रचण्डपक्षका जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, हरिवोल गजुरेल र नेपाल समुहका सुरेन्द्र पाण्डे सहभागी थिए ।