ओलीनिकट नेता तथा मन्त्रीहरुको बैठक सकियो, ओलीलाई दिए यस्तो सुझाव

ओलीनिकट नेता तथा मन्त्रीहरुको बैठक सकियो, ओलीलाई दिए यस्तो सुझाव

काठमाडौं ।  नेकपामा आन्तरिक कलह बढिरहँदा प्रधानमन्त्री केपी ओलीले आफूनिकट नेता तथा मन्त्रीहरुसँग परामर्श गरेका छन् । बुधबार बिहान बालुवाटरमा भएको छलफलमा सहभागि नेता थगा मन्त्रीहरुले पार्टी एकतालाई कायमै राख्न सुझाव दिएका छन् । 

छलफलमा मुख्यमन्त्री शंकर पोखरेल, पृथ्वी गुरुङ, मन्त्रीहरु गृहमन्त्री रामबहादुर थापा, पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायतका सहभागि थिए ।   उनीहरुले कोरोना महामारी जारी रहेको र अझै धेरै आर्थिक संकट आउने देखिएकाले यस्तो बेलामा पार्टीमा एकता कायम गर्न सुझाव दिएको बताइन्छ । 

प्रधानमन्त्री आलीले बोलाएर गरेको परामर्शमा सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउनुपर्ने बताएको पर्यटनमन्त्री योगेश भट्टराइले बताए।  बालुवाटरमा गएको भएपनि स्थायी कमिटीलाई लिएर कुनै रणनीति तयार नभएको संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले बताए । 

नेकपाको स्थायी कमिटी बैठक अहिले केही बेरमा शुरु हुँदैछ ।