काठमाडौं । मन्त्रीपरिषद् बैठक आज बस्ने भएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि बनाइएको उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठक यतिवेला जारी छ ।
सीसीएमसीको सोमबारको बैठकले समग्र परिस्थिलाई विश्लेषण गरेर हवाई सेवा र सीमा नाकाका बारेमा केही निर्णय गर्दै मन्त्रिपरिषद बैठकमा सिफारिस गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए।
यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले असार १६ गतेसम्म सीमा नाका र हवाईसेवा बन्द गर्ने निर्णय गरेको थियो ।आजको बैठकमा कोरोना नियन्त्रणका प्रयास र सार्वजनिक यातायातबारे पनि विभिन्न कोणबाट छलफल हुने बुझिएको छ ।